काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशको मुख्य नेतृत्व गर्ने जिम्मेवारी आफ्नो पार्टीको रहेको दावी गरेका छन्
उनले सर्लाही ४ रामनगरमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै धेशको मुख्य अङ्ग नै कांग्रेस भएको जिकिर गरे।
उनले भने, मधेशको मुख्य नेतृत्व गर्ने शक्ति कांग्रेस हुनुपर्ने हो। अरू सबै सहायक हुनुपर्ने हो। क्षेत्रीय दलहरू त सहयोगी हुनुपर्ने हो। तर नेतृत्व कांग्रेसले गर्नुपर्ने हो। यही जिम्मेवारी नेकपा एमालेलाई छैन। माओवादीलाई पनि छैन। एमाले र माओवादीको सन्दर्भहरू फरक छ।


