काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित लागूऔषध प्रयोगकर्ताहरूको उपचार हुने एक अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गरेको छ । सो आक्रमणमा परी कम्तीमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन् ।
समाचार एजेन्सीहरुका अनुसार भग्नावशेषबाट शव निकाल्न उद्धार टोली खटिएको छ । अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण गरेको र अस्पतालको ठूलो भाग ध्वस्त भएको बताएका छन् ।


