काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरुबीच मंगलबारगृह मन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटका क्रममा मन्त्री अर्यालले नयाँ राजदूतलाई कार्यकाल सफलताको शुभकामना दिँदै चीनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गरेका छन्। भेटका अवसरमा गृहमन्त्री अर्यालले नेपाल र चीनबिचको सम्बन्धलाई थप प्रगाढ बनाउन प्रविधि र सुरक्षाका नयाँ आयामहरूमा सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्।
उनले विशेषगरी टेलिकम क्षेत्रको विकास र बढ्दो चुनौतीका रूपमा रहेको साइबर अपराध नियन्त्रणका लागि बहुपक्षीय सहयोग र सहकार्यको प्रस्ताव अघि सारेका छन्।


