काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको चुनाव विशेष परिस्थितिमा हुन लागेकाले जसले जिते पनि नेपाल हार्न नहुने तर्क गरेका छन् ।
उनले आज काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन् । उनले प्रधानमन्त्रीको उम्मेदवार भनेर घोषणा गरेर गइसकेपछि आगामी पाँच वर्षे योजनासहितको मुद्दामा बहस र प्रतिस्पर्धा हुने अपेक्षा आफूले गरे पनि त्यसो हुन नसक्नु दुर्भाग्य भएको बताए ।
आफूले कीर्तिपुरको डाँडामा देखेको सपना देखेको जस्तै, अर्कोले पनि सपना देखेको होला भन्ने आफ्नो अपेक्षा यस पटक चुनावमा हुन नपाएको उनको भनाइ छ ।


