काठमाडौँ । राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध ७० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अधिकारीले एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट ७० लाख रुपैयाँ घुस लिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अनुसन्धानका क्रममा उक्त घुस विभिन्न व्यक्तिको खातामार्फत् बैंक तथा वित्तीय संस्थामा जम्मा गरी स्वरूप परिवर्तन गरिएको खुलेको पनि अख्तियारले जनाएको छ।
त्यसलाई कर्जा भुक्तानी तथा जग्गा खरिदमा प्रयोग गरिएको पाइएको आयोगले विशेष अदालतमा दायर गरेको मिसिलमा उल्लेख गरिएको छ।


