काठमाडौं । जेनजी आन्दोलनमा काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि रिजाल पक्राउ परेका छन् ।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार बिहान सुविधानगर निवासबाटै र पक्राउ गरेको हो ।
अब जिल्ला अदालतबाट म्याद थप गरी रिजालमाथि अनुसन्धान अघि बढ्ने छ। गत भदौ २३ र १४ गते भएको जेनजी आन्दोलनको बेला रिजाल काठमाडौँको सीडीओ थिए। जेनजी आन्दोलनको क्रममा ‘हेलचेक्र्याइँ गरी ज्यान मारेको’ अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।


