काठमाडौं । आजदेखि माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आइपिओ बिक्री खुला भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो।
कम्पनीले जारी पुँजी ८६ करोड रूपैयाँको ३० प्रतिशत अर्थात २५ करोड ८० लाख रूपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
जसमध्ये ८ करोड ६० लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ८ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो।


