काठमाडौं । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहसहित सातजनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्ज महानगरपालिका वडा नं.३ मा अर्काको छोरीलाई आफ्नी छोरी देखाई गलत विवरणका आधारमा जन्मदर्ता र नागरिकता प्रमाणपत्र जारी गरिएको आरोपमा सिंहसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।
आरोपपत्रमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल तथा अन्य सरकारी अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।


