काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अर्को मुद्दामा पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानपछि दायर भएको बैंकिङ कसुरको मुद्दामा उच्चले यस्तो आदेश दिएको हो ।
उनीहरूविरुद्ध बैंकिङ कसुरअन्तर्गत ४२ करोड १४ लाख ८८ हजार ८०७ रुपैयाँ बिगो कायम गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको थियो । शुक्रबार ९असार ५० बयान र थुनछेक बहस सकिएपछि उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो ।
बैंकबाट लिएको कर्जा प्रयोजनविपरीत प्रयोग गरी दुरुपयोग गरेको अभियोगमा उच्च सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । जगदम्बा स्टील्सका लागि लिइएको ‘वर्किङ क्यापिटल लोन’को रकम भट्ट र अग्रवालको मिलेमोतोमा इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रि–इन्स्योरेन्समा लगानी गरेको र जग्गा खरिदका लागि बैना गर्न प्रयोग गरिएको दाबी अभियोगपत्रमा गरिएको छ ।


