काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले मिडियाको गेटअघि गाडी तेर्स्याएको घटनाको छानबिन हुनुपर्ने बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो घटनालाई गम्भीरतापूर्वक लिएको बताए। यो गतिविधिमा पार्टीका नेता कार्यकर्ता संलग्न भए कारबाही गर्ने बताए।
‘तत्काललाई छोडियो कि समायो कि के मुद्दा लगाइयो, त्यो बेग्लै कुरा हो । यो जुन प्रवृत्ति भयो, जुन देखियो । त्यो अस्वाभाविक भएकाले पार्टीले विज्ञप्तिमार्फत् भनिसकेको छ । पार्टी यसमा अडिग छ’, उनले भने।
सभापति लामिछानेले रास्वपाले आफ्ना सांसदहरूलाई ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै थपे, ‘किन कारबाही नहुने, जो भए पनि हुन्छ ।’


