काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल(भारत सीमा विवाद कूटनीतिक संवादमार्फत समाधान गरिने बताएका छन्।
उनले आज सांसद विष्णुबहादुर विश्वकर्माको प्रश्नको जवाफमा यस्तो बताएका हुन् । उनले नेपाल भारतबीच सुस्ता, लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको र द्विपक्षीय संयन्त्र ‘बाउन्ड्री वर्किङ ग्रुप’ र त्यस अन्तर्गतका संयन्त्रको बैठक निरन्तर हुने गरेको उल्लेख गरे।
उनका अनुसार द्विपक्षीय प्राविधिक समितिले अधिकांश स्थानको सीमा निर्धारण गरिसकेको भए पनि सुस्ता र लिपुलेक(लिम्पियाधुरा(कालापानी क्षेत्रमा भने प्राविधिक तहबाट सीमांकन टुंगो लागेको छैन।
उनले उक्त विवादलाई शान्तिपूर्ण र कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देश तयार रहेको बताए।


