काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्काले आफूनिकट समूहका नेताको बैठक डाकेका छन् । उनले निवर्तमान सभापति शेरबहादुर देउवानिकट रहेका नेताहरूसँग छलफलका आफ्नै निवास गोल्फुटारमा दिउँसो २ बजेदेखि बैठक बोलाएका हुन् ।
स्रोतका अनुसार बैठकमा समूहले सम्पन्न गरेको प्रदेशस्तरीय भेलाको समीक्षा र आगामी रणनीतिबारे छलफल हुनेछ । गल्फुटार बैठकमा खड्काले नेतृत्व गरेको समूहको राष्ट्रिय भेलाबारे पनि छलफल हुने बताइएको छ ।
क्रियाशील सदस्यता अद्यावधिकको विपक्षमा रहेको खड्का समूहले अन्तिम भेला १६ असारमा लुम्बिनी प्रदेशस्तरीय भेला आयोजना गरेको थिए ।


