काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारको सय दिन सुशासन र नागरिक सेवाका हिसाबले सफल रहेको दाबी गरेका छन् । उनले शुक्रबार सरकार गठनको सय दिन पूरा हुन लागेको सन्दर्भमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै यस्तो दावी गरेका हुन् ।
सय दिनमा केही कमीकमजोरी भएमा सञ्चार माध्यम, नागरिक समाज, बुद्धिजीवीबाट आएको सुझावलाई समेटेर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए। आगामी दिनमा सरकार अझै परिपक्व ढङ्गले अगाडि बढ्ने बताए ।


