काठमाडौं । २३ सहसचिवहरु सरुवा भएका छन् । बुधवार (हिजो) बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुहरूको सरुवा गरेको हो ।
राष्टिय किताबखानका महानिर्देशक श्रवणकुमार पोखरेलको गृह मन्त्रालयमा सरुवा भएको छ भने राजस्व अनुसन्धान विभागका डिजी तीर्थराज चिलुवाललाई गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत लगिएको छ । अनुसन्धानका डिजी चिलुवाल गत वर्ष साउनमै विभाग गएका थिए । अहिले सरुवामा परेको दुवै सहसचिव तत्कालीन एमाले नेतृत्व सरकारको रोजाइमा परेका थिए ।
पछिल्लो समय सरकारले राजस्व अनुसन्धान विभागलाई खारेज गर्ने निर्णय गरिसकेको छ भने यसअघि निजामती, प्रहरी र शिक्षकको लागि छुट्टाछुट्टै रहेका किताबखानालाई मर्ज गरेर एउटै बनाउने समेत निर्णय भइसकेको छ ।



