काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ज्यान गुमाएका ३५९ जनाको शव फेला परेको छ।
प्रहरीका अनुसार अहिलेसम्म सबैभन्दा बढी चितवनमा १३२ र सबैभन्दा कम रसुवामा १७ जनाको शव फेला परेको छ। यस्तै धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८ र तनँहुमा २२ जनाको शव फेला परेको छ। नपलपरासी पूर्वमा ८२ जना र नपलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ।
बाढी प्रभावितहरुको उद्धारका लागी ४,३४८ प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।


