काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि राहत र उद्धारबारे मुख्यसचिवसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल गरेका छन्।
उनले घाइतेको निस्शुल्क उपचार, विस्थापितलाई तत्काल राहत र क्याम्पहरू व्यवस्थित, सफा तथा गोपनीयतासहित राख्न निर्देशन दिएका छन्।
प्रधानमन्त्रीले बाढीले क्षतिग्रस्त सडक, विद्युत् र सञ्चार संरचना यथाशीघ्र सुचारु गर्न एकीकृत कार्ययोजना बनाउन भनेका छन्।
बैठकमा विपद् व्यवस्थापन, राहत र उद्धारसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको छ ।


