काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि संकलन गरिएको प्रधानमन्त्री राहत कोषमा १२ अर्ब ६३ करोड ९२ लाख ५७९ रुपैयाँ मौज्दात रहेको छ।
कोषमा जम्मा भएको रकममध्ये ९ वटा वाणिज्य बैंकका खातामा ९ अर्ब ३२ करोड ६७ लाख ८२ हजार २३५ रुपैयाँ मौज्दात रहेको छ। यस्तै, दुई वटा वाणिज्य बैंकका खातामा २ करोड १८ लाख ९ हजार ४४४ अमेरिकी डलर मौज्दात रहेको छ।


