काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह ले भारतको दुईदिने राजकीय भ्रमणका क्रममा मंसिर ७ गते सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्।
भारतको विदेश मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा दुई प्रधानमन्त्रीबीच द्विपक्षीय भेटवार्ता हुनेछ।
– पहिलो दिन : मंसिर ६ गते (आइतबार)
▪ दिउँसो १: ४५ बजे ➔ नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत काठमाडौँबाट दिल्ली प्रस्थान।
▪ दिउँसो ३: १५ बजे ➔ नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण।
▪ साँझ ६: ०० बजे ➔ होटल ताजमहलमा भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेटवार्ता।
– दोस्रो दिन : मंसिर ७ गते (सोमबार)
▪ बिहान १०: ०० बजे ➔ राष्ट्रपति भवनमा औपचारिक स्वागत (गार्ड अफ अनर) तथा भेटघाट।
▪ स्वागतलगत्तै ➔ राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण।
▪ मध्यान्ह ➔ हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता।
▪ दिउँसो १२: २५ बजे ➔ दुई देशबीच महत्त्वपूर्ण सहमति तथा समझदारीपत्र आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन।
▪ दिउँसो ➔ प्रधानमन्त्री मोदीद्वारा आयोजित औपचारिक दिवाभोजमा सहभागी।
▪ दिउँसो ३: १५ बजे ➔ राष्ट्रपति निवासमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता।
▪ साँझ ४: ५० बजे ➔ नयाँ दिल्लीबाट स्वदेश प्रस्थान ९साँझ ६: ३५ बजे काठमाडौं अवतरण०।

