काठमाडौं । निकै लामो समयपछि आज सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने कांग्रेसले जनाएको छ । केन्द्रीय कार्यसमितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको छ।
सोमबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकरी बैठकले आज सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकका लागि १० वटा एजेन्डा तयार पारेको हो।
बैठकका एजेण्डाहरुमा आर्थिक, परराष्ट्र, सांगठनिक कार्ययोजना र कार्यतालिका, केस बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशन सम्बन्धमा, विभागहरू गठन, थप र कामको व्याख्या, राष्ट्रव्यापी अभियानको घोषणा,अनुशासन समितिको प्रतिवेदन पेस, संसद्मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन र सरकारको गतिविधिबारे जानकारी गराउने रहेका छन् ।


