काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि निर्वाचन भए आफ्नो पार्टीले अहिलेको भन्दा दोब्बर सिट ल्याउने दाबी गरेका छन् ।
पूर्व प्रधानमन्त्री नेपालले शनिबार एकीकृत ट्रेड युनियन महासङ्घको कार्यक्रमलाई काठमाडौँमा सम्बोधन गर्दै मध्यावधिमा जानु देश र जनताका लागि भलो नहुने भएकाले सकेसम्म मिलेर सरकार बनाउनु पर्ने बताए ।
उनले आफ्नो पार्टी मध्यावधिको पक्षमा नरहे पनि परिस्थिति त्यस्तै बन्यो र मध्यावधि भयो भने अहिलेको भन्दा दोब्बर सिट जित्ने बताए । उनले कोशी प्रदेशमा मिल्नु, साथ दिनु र चुनावमा जानुको विकल्प नभएको समेत बताए ।


