काठमाडौं । गणेण पूजाको मूर्ति विसर्जन गर्ने क्रममा उत्पन्न बिवादको कारण बिहीबार रातिदेखि सर्लाही प्रशासनले मलंगवामा रातिदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
प्रदर्शनसहित आगजनी र तोडफोडका घटना हुन थालेपछि बिहीबार राति १० बजेदेखि सदरमुकाम मलंगवाको निश्चित क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहीबार साँझदेखि केही उच्छृंखल व्यक्तिहरुले सदरमुकामको बजार क्षेत्रमा आगजनी, तोडफोड, ढुंगामुडा र प्रदर्शन गर्न थालेपछि कर्फ्यु आदेश जारी गर्नुपर्ने अवस्था आएको बताए ।
बिहीबार साँझदेखि नै मलंगवामा प्रदर्शन भएको थियो। त्यसक्रममा प्रहरी प्रशासनले सम्झाइबुझाइ गर्दा प्रदर्शनकारीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको थियो।


