काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले हाङ्जाओमा राष्ट्रपति सीसँग संक्षिप्त भेटवार्ता गरेका हुन्।
एसियन गेम्सको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार हाहाङ्जाओ पुगेका छन्।
प्रचण्डलाई हाङजाओ विमानस्थलमा उनलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गरेका थिए।
प्रधानमन्त्री बेइजिङमा यही सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ।


