काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले सरकार बनाउनेतर्फ आफ्नो पार्टीको ध्यान नभएको बताएका छन् ।
सोमबार पार्टीको प्रथम वाग्मती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसचिव पोखरेलले गत निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको बताए ।
ूएमालेको अहिलेको ध्यान सरकार बनाउनेमा छैन । पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गरी मुलुकको विकास, समृद्धि र राजनीतिक स्थिरता हो,’’ उनले भने ।


