काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार भेप सुन तस्करी प्रकरणमा राहुल महरासहित चारजना विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।
विद्युतीय चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको आरोपमा राहुल महरासहित चारजना विरुद्ध आज मुद्दा दायर भएको हो । चारजना प्रतिवादीमध्ये तीनजना पक्राउ परेका छन् भने एकजना फरार छन् ।
पक्राउ परेका प्रतिवादीहरुमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल, काठमाडौँको नागार्जुनका लोकेन्द्रकुमार पौडेल र बेल्जियमका नागरिक दावा छिरिङ रहेका छन् । प्रतिवादी निमा गुरूङ फरार छन्।
नेपालको समेत नागरिकता भएका भनिएका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य अभियुक्त बनाइएको छ।


