काठमाडौं । जाजरकोट गएको विनासकारी भूकम्पका कारण सत्तारुढ पार्टी नेकपा माओवादी केन्द्रको आगामी मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । ुभूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,ु उनले भने ।


