काठमाडौं । पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।
बैठकमा समसामयिक विषयवस्तुका साथै युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको विषयमा छलफल हुने बताइएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको प्रतिवादमा उक्त प्रदर्शन गर्न लागिएको हो।
प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी व्यक्तिगत रूपमा विभिन्न आरोप लगाइरहेका छन् र प्रदर्शनको एजेन्डासमेत यसैलाई बनाएका छन्। त्यसैले आजको केन्द्रीय कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ।


