काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्टबाट सतर्क रहन आग्रह गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले छिमेकी देशमा जेएन–१ बढिरहेकाले सर्तकर्ता अपनाउन भनेको हो । मन्त्रालयले यसबारेमा आवश्यक निगरानी एवं सम्बन्धित देशहरूसँग समन्वय गरिरहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताएका छन् ।
‘पछिल्लो समय छिमेकी मुलुकहरूमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन।१ जीन सिक्वेन्सीङ प्रविधीबाट हालसम्म नेपालमा पुष्टि भएको छैन,’ मन्त्रालयले विज्ञप्तिमा भनिएको छ।


