काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा जाने युवालाई सरकारले नै सस्तोमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
उनले आज सिंदरबारमा आयोजित श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा गएका र स्वरोजगारमा रहेका श्रमिकलाई आबद्धता र विस्तारलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशन दिएका छन्।


