काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै आज बस्दैछ । आज बिहान साढे ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्न लागेको छ ।
आजको बैठकमा गुठी पीडित मोही किसानहरूको समस्या तथा गुठी सम्बन्धी कानुन लगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विभिन्न विद्यार्थी सङ्घ÷सङ्गठनहरूसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।


