काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले आफ्नो ‘२३ औँ सशस्त्र प्रहरी दिवस २०८०’ को पूर्वसन्ध्यामा देशभरका इकाईहरूमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल एपीएफ अस्पताल बलम्बुको आयोजनामा सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय तथा बाहिनी मुख्यालयहरू र मातहत इकाईहरूमा गरी कुल एक हजार ४७ जनाले रक्तदान गरेका छन् ।
प्रधान कार्यालय अन्तर्गत १ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरूले रक्तदान गरेका छन् भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी तथा मातहतहरूबाट १ सय २० जना, नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहत इकाईहरूबाट २ सय ४५ जना, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर तथा मातहत इकाईहरूबाट १ सय ९८ जनाले रक्तदान गरेका छन् ।


