काठमाडौं । तीन कम्पनीको १ करोड २२ लाख ६२ हजार ८ सय ४३.३७ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
शाईन रेसुङ्गा विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १०.५० प्रतिशत बोनस बापतको ४४ लाख ९८ हजार ७७.३७ कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १० प्रतिशत बोनस बापतको १४ लाख ९४ हजार ७ सय ६६ कित्ता शेयर पनि आजै सूचीकृत भएको छ ।
यसैगरी शिवम् सिमेन्टले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको ६२ लाख ७० कित्ता बोनस शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।


