काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा चैत्र २० गते बस्ने भएको छ । । यही फागुन १६ गते बसेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो ।
बैंकले लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन् । सभाले गत आर्थिक वर्षको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालु आवका लागि लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्नेछ ।
त्यस्तै, सभाले संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निवार्चन गर्नेछ । सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।


