काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बस्ने तय भएको छ ।
आजको बैठकमा राष्ट्रियसभाका अध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची छ ।
यस्तै, अध्यक्षले राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि दिन तोक्नुका साथै विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्नेछन् । बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ ।


