काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले एमाले अध्यक्ष ओलीसँग आफ्नो ५० औं वर्षदेखि सम्बन्ध रहेको बताएका छन् । अध्यक्ष नेपालले आज काभ्रे जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
साथै, उनले सत्ता समीकरणमा समावेश हुनका लागि प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशेष आग्रह गरेको बताए।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशमा प्रतिगामी र राजतन्त्र ल्याउने प्रयत्न भइरहेको भन्दै त्यसको विरुद्धमा कम्युनिस्ट विचारधारा बोकेका शक्तिहरू एकजुट हुनुपर्ने बताए।


