काठमाडौं । आज बिहान ११ बजे संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ ।
आजको सम्भावित कार्यसूचीमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएस)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने रहेको छ ।आजकै बैठकमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।


