काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई हेपेको आरोप लगाएको छ ।
बुधबार सचिवालयको बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ गठबन्धनमा आफूहरूलाई जस्तो व्यवहार हुन्छ त्यस्तै कदम चाल्ने बताए।
उनले भने, ‘केपी ओली र प्रचण्डले एक अर्कालाई बार्गेनिङ गर्दै आलोपालो प्रधानमन्त्री खाने शर्तमा यो गठबन्धन बनाउनुभएको छ। मन्त्री कसको कति भन्ने उहाँहरूले टुंगो गर्नुभएको छ। त्यो भन्दा ठूलो बार्गेनिङ के होला अरु ? संयुक्त सरकार बनाउने भनेपछि त्यहाँभित्र सबैले पद र अवसरहरूको विषयमा बाँडफाँट गर्छन्। हामी पनि समीकरणमा सहभागी दल भएकाले माग गर्छौँ। केपी ओलीले हामीलाई गाली गरेको एक पटक मात्रै होइन, हजारौँ पटक गरिसक्नुभएको छ।’


