काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ भने एक युरोको खरिददर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पैसा निर्धारण भएको छ।
आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६४ र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा थियो।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा थियो।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ३९ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८३ पैसा थियो।


