काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ । आज सुन तोलाको १ लाख ४५ हजार ४ सयमा कारोबार भइरहेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


