काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
आज एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ३१ पैसा र बिक्री दर १४५ रुपैयाँ ९६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ५९ पैसा र बिक्री दर १७३ रुपैयाँ ३६ पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


