काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै उच्च कीर्तिमान बनाएको छ।
गत शुक्रबार १ लाख ४९ हजार ९ सय पुगेर आइतबार १ लाख ४९ हजार ७ सय रुपैयाँमा झरेको सुनको मूल्य सोमबार तोलाकै डेढ लाख रुपैयाँ पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो नै हालसम्मको उच्च मूल्य हो। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।


