काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।
सोमबारको उपवासले मानिसको इच्छा अनि आकाङ्क्षा पूरा गर्ने विश्वास रहिआएको छ। त्यस्तै ज्ञान प्राप्ति हुन्छ। अविवाहित स्त्रीले असल पति पाउँ भनी सोमबार व्रत बस्ने चलन अझ बढी छ ।


