काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण तिर्नु हुँदैन भन्ने प्रचारका कारण बैंकलाई अप्ठ्यारो परेको बताएका छन् ।
उनले आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बैङ्किङ्ग कसुर तथा सजाय दोस्रो संशोधन विधेयकमाथि भएको छलफलमा क्रममा बैंकिङ क्षेत्रलाई नकारात्मक रुपमा प्रचारबाजी गर्दा यस क्षेत्रमा धेरै समस्याहरू देखिने गरेको भन्दै यस क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई समेत बैङ्किङ्ग कसुर मान्नुपर्ने सुझाव दिएका हुन्।
केहि समयअघि ऋण तिर्नु हुँदैन भन्ने प्रचारका कारण बैंकलाई अप्ठ्यारो परेको देखिएको भन्दै यस कार्यको नियन्त्रण हुने गरि कानुन बन्नुपर्ने उनले बताए।


