काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
आज एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ९८ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा पुगेको छ भने एक युरोको खरिद दर १४८ रुपैयाँ ९१ पैसा र बिक्री दर १४९ रुपैयाँ ५८ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १७४ रुपैयाँ ६० पैसा र बिक्री दर १७५ रुपैयाँ ३८ पैसा पुगेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७४ पैसा र बिक्री दर ३६ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


