काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ ।


