काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजारले घटेर एक लाख ५९ हजार १०० मा कारोबार भएको छ ।
यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


