काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।
बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १३०० रुपैयाँ बढेको हो ।
त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ । अ


