काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा पहिरो गएको छ ।
आइतबार नेप्से परिसूचक ४७ दशमलव ४४ अंकले घटेर २६९७ दशमलव ९१ को विन्दुमा पुगेको छ ।
आज ३१५ कम्पनीका ८८ हजार ७ सय १४ पटकको कारोबारमा २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५ सय ७२ रुपैयाँ रहेको छ ।


