काठमाडौं । विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण सहयोग दिने भएको छ । यस सम्बन्धमा नेपाल सरकार र विश्व बैंकबीच आज सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ सचिव रामप्रसाद घिमिरे र विश्व बैंकको तर्फबाट नेपालका लागि विश्व बैंकको क्षेत्रीय आवासीय निर्देशक डेभिड सिस्लिनले हस्ताक्षर गरेका हुन् । प्राकृतिक तथा जलवायुजन्य जोखिम सामनाका लागि रकम उपलब्ध गराउने कोषअन्तर्गत विश्व बैंकले नेपाललाई करिब २० अर्ब रूपैयाँ (१५ करोड अमेरिकी डलर) ऋण सहयोग दिने सम्बन्धमा सम्झौता भएको हो ।
यो सहयोगले नेपाललाई संकटको समयका लागि तयारीमा रहन, समाधान खोज्न र संकट आएमा तत्कालै उद्धार लगायतमा जुट्न सहयोग पुग्ने अर्थसचिव घिमिरेले बताए ।
‘


