काठमाडौं । लक्ष्मी सन्राइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्वन गर्ने वार्षिक अभियानको छैटौँ संस्करण डिजिटल डिसेम्बर २०२४ सुरु भएको छ ।
‘उपहारसँगै सहजताको नयाँ परिभाषा’नारासहितको अभियानले डिसेम्बर महिनाभरी डिजिटल बैंकिङ अपनाउन प्रोत्साहन गर्ने बैंकले जनाएको छ ।
यसका साथै बैंकका ग्राहक तथा उपभोक्तालाई यस अभियानको क्रममा विभिन्न अफरहरू प्रदान गर्ने र वित्तीय साक्षरता बढाउन कार्यक्रम गर्ने बैंकले बताएको छ ।


