काठमाडौं । लक्ष्मी सनराइज बैंकले छैटौं वार्षिक ‘डिजिटल डिसेम्बर’ अभियानअन्तर्गत डिजिटल संवाद आयोजना गरेको छ ।
बैंकले देशव्यापी वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको हो ।
सातैवटा प्रदेशका प्रमुख सहर पोखरा, सुर्खेत, इटहरी, जनकपुर, हेटौंडा, धनगढी, भैरहवा र काठमाडौंमा कार्यक्रम आयोजना गरिएको हो ।


